११ साउन २०८३ , सोमबार

‘कामचोर ठेकेदार’लाई कार्बाही विषयमा गृह र भौतिक मन्त्रीबीच विवाद

असार ४, काठमाडौँ । ‘कामचोर ठेकेदार’ लाई कारबाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड सम्हालेका दुई मन्त्रीबीच मतभेद देखिएको छ ।

 

आजको नागरिक दैनिकमा समाचार छापिए अनुसार गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने’ प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन् ।

 

काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरीत गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपूर्ण टिप्पणी गरेका हुन् । ‘ठेकेदारलाई पक्राउ पर्नै नदिने, पक्राउ परेमा तुरुन्त आफूलाई खबर गर्न’ पनि मन्त्री महासेठले व्यवसायीलाई सुझाएका छन् ।

 

‘निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष हुँदैन,’ निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले भने, ‘कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन । यस्ता कारणले पनि निर्माण कार्य ढिला भएका छन्’, महासंघले गृह प्रशासनबाट भइरहेको धरपकडबाट जोगाउन आग्रह गरेपछि जवाफमा मन्त्री महासेठले यस्तो आश्वासन दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *