०६ चैत २०८२ , शुक्रबार

कांग्रेस जिल्ला सभापतिको भेला ः बोली एकजुटको, प्रतिस्पर्धा गुटको

असार ६, हेटौँडा । मंगलबारदेखि सुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । तर, उद्घाटन कार्यक्रममै गुटगत विभाजन प्रष्ट देखिएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पटक–पटक बोलाउँदा पनि मञ्चमा गएनन् । नेताहरूले प्रदेशगत रूपमा जिल्ला सभापतिहरूलाई छुट्टाछुट्टै भेटेर छलफल गरिरहेका छन् ।

 

उद्घाटन कार्यक्रममा सभापति शेरबहादुुर देउवाले यसपटक मौखिक भाषण गरेनन् । बोल्दा बिग्रन सक्ने भएकाले १५ मिनेट लामो लिखित मन्तव्य पढे । बाल्यकालदेखि अहिलेसम्म आफ्नो जीवन राष्ट्र, लोकतान्त्र र कांग्रेसमा समर्पित भएको भन्दै उनले पूर्वाग्रह राखेर प्रस्तुत नहुन आग्रह गरे ।

 

नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालाले अब पनि पार्टीलाई एक ढिक्का नबनाए झन् कमजोर बन्दै जाने बताए । भेलाबाट निस्किँदा पार्टी एकढिक्का भएको सन्देश व्यवहारले नै दिनुपर्ने जोड उनीहरूको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *