२० जेठ २०८३ , बुधबार

विद्यालय पुनर्निर्माणमा रकम अभाव, २४ अर्ब अझै चाहिने

असार ६, काठमाडौँ । २०७२ बैशाखको महाभूकम्पबाट भत्किएका विद्यालयको पुननिर्माणका लागि रकम अपुग भएको छ । विद्यालयको पुनर्निर्माणका निम्ति २४ अर्ब रुपैयाँ बजेट अझै अपुग देखिएको छ ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयनका अनुसार विद्यालय निर्माणमा सरकारी बजेट कम भएकाले समस्या भएको छ ।

 

इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले भने, ‘विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गरिएकाले कुल आवश्यक ५९ अर्ब रुपैयाँबाट घटेर २४ अर्ब अपुग देखिएको हो, सरकारले उक्त रकम जुटाउन नसक्दा समयमै विद्यालय बन्न सकेको छैन ।’

 

२०७२ सालको भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेको थियो । त्यसमध्ये अहिलेसम्म ३ हजार ७ सय ८५ विद्यालय निर्माण भइसकेका छन् । साथै ३ सय ७० विद्यालय एकआपसमा गाभिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *