असार ६, काठमाडौँ । कक्षा ११ र १२ को पाठ्यक्रम यस वर्ष नफेरिने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको साचार नेपाल समाचारपत्र दैनिकमा छ ।
निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्क्रयम लागु हुन नदिने दबाब दिएपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय गरिएको हो ।








