०३ बैशाख २०८३ , बिहिबार

मन्दिरमा दलित महिला पुजारी

असार ७, घोराही । आजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा दाङको एक मन्दिरमा दलित महिला पुजारी भएको उल्लेख छ ।

 

समाचारमा लेखिएको छ– छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’ का मानिस उनीबाटै आशीर्वाद लिन्छन् ।

 

घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बनेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *