असार ६, काठमाडौँ । यसअघि बुधबारसम्ममा यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले अझै पाँच/सात लाग्ने जनाएको छ ।

केही दिनअघि बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने बताए ।
परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए ।
यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ र प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागी थिए ।








