असार ७, काठमाडौँ । आजको राजधानी दैनिकमा छापिएको समाचार अनुसार सन् २०२० सम्ममा शान्ति मिसनमा जाने नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट २० प्रतिशत महिला प्रहरी अनिवार्य समावेश गरिने भएको छ ।
दुबै प्रहरी संगठनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाउने भएको हुन् ।
राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलन २०१८ मा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसंघको उच्च अधिकारीसँगको भेटमा सन् २०२० सम्म २० प्रतिशत महिला प्रहरी पठाउने प्रतिबद्धतासमेत जनाएका छन् ।








