असार ७, न्युजिल्यान्ड । न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले बिहीबार बिहान छोरीलाई जन्म दिएकी छन् ।

यससँगै उनी पाकिस्तानकी प्रधानमन्त्री बनेजिर भुट्टोपछि प्रधानमन्त्रीको पदमा हुँदा सन्तान जन्माउने दोस्रो महिला प्रधानमन्त्री बनेकी छिन् ।
छोरीको जन्मपछि ३७ वर्षीया आर्डेर्नले ६ साता सुत्केरी बिदा लिने भएकी छन् ।
उनी विदामा बस्दा उपप्रधानमन्त्री विन्स्टन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।








