०३ बैशाख २०८३ , बिहिबार

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन, स्थानीयलाई केही राहत

असार ८, बर्दिया । नेपाल–भारतको दसगजा सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचानल भएसँगै त्यहाँका जनताले राहतको अनुभूति गरेको समाचार नागरिक दैनिकमा छापिएको छ ।

 

दुई देशबीचको सीमांकन हुने दसगजावारि राज्यसंयन्त्रको पहुँच थिएन । जसले गर्दा भारतीय पक्षको बलजफ्ती र प्रताडना भोग्न नेपाली बाध्य थिए ।

 

दसगजामै सडक खनेर वारिका बस्तीलाई डुबानमा पार्ने, अन्तरसीमा आवतजावतमा व्यवधान पुर्याउने र आपराधिक घटनालाई प्रश्रय दिने गरी दसगजा क्षेत्रका अवाञ्छित गतिविधि नियन्त्रण गर्न उदासीनता देखाउने भारतीय पक्षका कारण असुरक्षित ठान्ने नेपाली केही समययता राहतको सास फरेका छन् ।

 

८० किलोमिटर खुला सीमा क्षेत्रमा नेपाल प्रहरीको सघन र प्रभावकारी परिचालन भएसँगै सीमावर्ती क्षेत्रका नेपाली सुरक्षाको अनुभूति गर्न थालेको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *