१७ जेठ २०८३ , आइतबार

छोरीको लगाव, आमाको समर्पण

असार ८, काठमाडौँ । आजको नागरिक दैनिकले भक्तपुरका आमाछोरीको प्रेरणादायी समाचार छापेको छ ।

 

समाचारमा भनिएको छ— आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो । हरेक आमामा मातृवात्सल्य गुण हुन्छ नै । सन्तानको शिक्षाका लागि त्याग गर्ने आमा भने विरलै हुन्छन् । विरलैमध्येकी एक आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु ।

 

छोरीको शिक्षाप्रति आमा मैयाको समर्पण सबैका लागि प्रेरणाको स्रोत बनेको छ । शारीरिक रूपमा अशक्त छोरीलाई मैयाले अढाई दशकदेखि अहिले स्नातक तहसम्म डोर्याएर शिक्षालय पुर्याउँदै आएकी छन् ।

 

सुलोचना अहिले स्नातक पहिलो वर्षमा अध्ययरत छिन् ।

 

५२ वर्षीया आमा मैया २८ वर्षीया छोरी सुलोचनालाई पढाइ नसकिएसम्म यो यात्रालाई निरन्तरता दिने बताउँछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *