०३ बैशाख २०८३ , बिहिबार

ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

असार ८, काठमाडौं । भक्तपुरको सानोठिमीमा आज बिहान ट्रिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

 

सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापाको मृत्यु भएको हो ।

 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी. एण्ड बी. मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

बिहान करिब सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोक तर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

 

ट्रिपरसहित चालक राजन खड्गीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *