असार ८, काठमाडौँ । हुन्डी कारोवार र सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका विमल पोद्दारको घरमा छापा मार्दा दैनिक ५ करोडसम्मको हुन्डी करोवार गर्ने गरेको खुलेको छ ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले पक्राउ गरेपछि बयानको क्रममा उनले सन् २०१५ पछि सुन तस्करीमा संलग्न नभएको तर हुन्डीको कारोवार गरिरहेको बताएको समाचार नागरिक दैनिकमा छ ।








