०३ बैशाख २०८३ , बिहिबार

सावधान ! सार्वजनिक स्थानमा यौनकार्य गरे एक बर्ष कैद

असार ९, काठमाडौँ । सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने कानून तय भएको छ ।

 

मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

 

‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन’ भनिएको छ । यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था भएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *