असार १२, काठमाडौँ । नर्स कसको पेसा हो ? हामी सबैजसोलाई लाग्न सक्छ, यो महिलाको पेसा हो । यो स्वभाविकै हो, किनभने सबैजसो अस्पतालमा महिला नर्स मात्र हामीले देख्दै आएका छौँ ।

संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले पनि नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् ।
अब नेपालमा पनि पुरुषहरुको नर्स बन्ने धोको पूरा हुने भएको छ । पुरुषले पनि नर्सिङ पढ्न पाउने गरी प्रशासनिक प्रक्रिया अघि बढाइएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।








