२० जेठ २०८३ , बुधबार

समूह बी का दुवै खेल बराबरी : अब स्पेनले आयोजक रसिया र पोर्चुगलले उरुग्वेको सामना गर्ने

असार १२, काठमाडौँ । समूह बी का अन्तिम दुवै खेल बराबरीमा सकिएका छन् । सोमबार राती भएको खेलमा स्पेन र मोरक्कोले २–२ साथै पोर्चुगल र इरानले पनि १–१ को बराबरी खेले ।

 

यससँगै अन्ति १६ मा भिड्ने पहिलो समीकरण पुरा भएको छ । समान अङ्क भए पनि बढी गोल गरेका आधारमा स्पेन समूह बी को विजेता बन्दै समूह ए को उपविजेता तथा आयोजक रसियासँग नकआउट चरणमा भिड्नेछ । पोर्चुगलले भने समूह ए को विजेता उरुग्वेसँग भिड्ने निश्चित भएको छ ।

 

निकै रोचक भएको खेलमा मोरक्कोका खालिद बोउतायिबले खेलको १४ औँ मिनेटमा गोल गर्दै स्पेनलाई स्तब्ध बनाएका थिए । तर, लगत्तै इस्कोले गोल गर्दै खेल बराबरी गरे ।

 

बराबरीतर्फ अघि बढिरहेको बेला खेलको ८१ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै पुनः मोरेक्कोलाई अग्रता दिलाए ।

 

खेल इन्जुरी समयमा प्रवेश गर्दा उता, इरानले पेनाल्टीबाट गोल गर्दै पोर्चुगलसँग बराबरी गर्न पुगेको थियो ।

 

यही अवस्था रहेको भए स्पेन प्रतियोगिताबाट अप्रत्यासित रुपमा बाहिरिने थियो ।

 

तर, ड्यानी कार्भाहालको पासमा इयागो आसपासले गोल गर्दै स्पेनका लागि ‘लाइफलाइन’ प्रदान गरे ।

 

खेल २–२ को बराबरीमा सकियो ।

 

उता, पोर्चुगलले पनि इरानविरुद्ध संघर्षपूर्ण जीत निकाल्यो । खेलको ४५ औँ मिनेटमा रिकार्डो क्वारेजमाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

 

दोस्रो हाफमा पोर्चुगलले पेनाल्टी पाए पनि क्रिस्टियानो रोनाल्डोले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

 

खेलको अन्त्यतिर इरानले पेनाल्टी पाएपछि खेल नाटकीय मोडमा प्रवेश गर्यो । करिम अन्सरिफार्दले गोल गर्दै इरानका लागि बराबरी गरे ।

 

तर, त्यसपछि कुनै गोल हुन सकेन र खेल एक–एकको बराबरीमा सकियो । योसँगै पोर्चुगलले पनि नकआउट चरणमा आफ्नो स्थान पक्का गर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *