०६ असोज २०८३ , मङ्गलबार

आजबाट जुम्लामा डा. केसीको १५ औं अनशन

असार १६, काठमाडौँ । प्रा. डा. गोविन्द केसी आज शनिबारबाट जुम्लामा १५ औँ अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् ।

 

यसपटक डा. केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने भएको समाचार नयाँ पत्रिका दैनिकमा छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने डा. केसीलाई अनशन बस्न रोक लगाएको छ ।

 

शुक्रबारबाट नै अनशन थाल्ने पूर्वयोजना भए पनि बाटोमा समस्या भएका कारण शनिबारका लागि मिति सरेको हो ।

 

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गर्न लागिएको भन्दै त्यसो नगर्न चेतावनीस्वरूप उनी अनशन बस्न लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *