०५ चैत २०८२ , बिहिबार

प्रधानमन्त्री ओलीले सांसदलाई दिए रेल चढ्ने निम्तो

असार १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न भन्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन् । ओलीले शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा रेल चढ्न सांसदहरुलाई निम्ता दिएका हुन् ।

 

राजधानी दैनिक लेख्छ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले शुक्रबार जवाफ दिने क्रममा सांसदहरु बिच सवाल जवाफ भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालको आफ्नै रेल हुने कुरामा शंका रहेको भन्दै अरुको रेललाई आफ्नो भन्ने कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

 

रिजालको अन्तिम प्रश्नबाट आफ्नो जवाफ सुरु गरेका प्रधानमन्त्री ओलीले नेपालको आफ्नै रेल हुने कुरामा शंका नगर्न जवाफ दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *