१० साउन २०८३ , आइतबार

सकारात्मक सन्देश जाने समाचार सम्प्रेषण गर्न मन्त्री बाँस्काटाको आग्रह

असार १६, इटहरी । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक सन्देश जाने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । शुक्रबार साँझ इटहरीमा सुनसरीका अग्रज सञ्चारकर्मीसँगको सामूहिक भेटघाट कार्यक्रममा सञ्चारकर्मीलाई उच्च मनोबलका साथ सकारात्मक सन्देश जाने समाचार सम्प्रेषणमा जिम्मेवार भएर लाग्न आग्रह गरेका हुन् ।

 

सरकारले यस दशकलाई मुलुकको समृद्धि र निर्माण दशक बनाएर काम गर्ने अठोटका साथ लागेकाले सकारात्मक सन्देश प्रवाह गर्नमा सञ्चारमाध्यमको हात हुने बताएका छन् ।

 

सरकारले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्दै विज्ञापनको समानुपातिक वितरण प्रणाली विकासको ठोस नीति बनाउनेतिर सरकार र मन्त्रालय नै प्रतिबद्ध रहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सञ्चारको स्वतन्त्रता तथा स्वच्छन्दताको पनि मिहीन ढङ्गले अनुगमन एवं अध्ययन गरिने उद्घोषसमेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *