२० जेठ २०८३ , बुधबार

यसकारण परराष्ट्रले रोकेको थियो प्रहरीको सूचना

असार १७, काठमाडौँ । द्वन्द्वकालमा कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त रुद्र आचार्यलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले चालेको कदमलाई परराष्ट्र मन्त्रालयले अडाएको तथ्य खुलेको छ । अभियुक्त आचार्य बेलायतमा रहेको भन्दै उनलाई पक्रन प्रहरी प्रधान कार्यालयले २०१४ जुनमा रेडकर्नर नोटिस जारी गरिसकेको थियो ।

 

त्यसलगत्तै बेलायती प्रहरीले विस्तृत जानकारी मागेपछि प्रहरी प्रधान कार्यालयले उनको विवरण गृह मन्त्रालय हुँदै परराष्ट्रमा पठाएको थियो । तर परराष्ट्रले उक्त महत्त्वपूर्ण सूचना बेलायत नपठाई लुकाएर राखेको तथ्य खुलेको समाचार कान्तिपुर दैनिकमा छ ।

 

२०६१ जेठ २४ गते तत्कालीन माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । कृष्णको हत्यामा संलग्न अभियुक्तमध्येका एक रुद्र आचार्यलाई अदालतले फरार अभियुक्तको सूचीमा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *