असार १८, काठमाडौँ । भारतले नारायणी नदीमा नेपाली भूमि डुबान र कटानमा पार्नेगरी एकतर्फी बाँध बनाएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।
भारतले सुस्ता गाउँपालिका ४, नर्सहीस्थित नारायणी नदी ठोक्कर नं. १२ को पूर्वतर्फ नारायणी नदीपारि भारतीय भूमिमा हुने कटान रोक्न बाँध निर्माण गरेको हो ।
शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण भारत बिहारले बाँध निर्माण गरेको हो । उसले भारततर्फको निर्माण कार्य सकेको छ ।
नेपाली भूमितर्फ पनि बाँध निर्माण गरिएको भए पनि कमजोर बाँधका कारण पानीको बहाव रोक्न सक्नेमा शंका रहेको समाचारमा उल्लेख छ ।








