असार ३०, भक्तपुर । भक्तपुर नगरपालिकाभित्रका ९२ विद्यालयमा भक्तपुरमै जन्मिएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको व्यक्तित्वबारे पढाई सुरु भएको छ ।
तत्काल पाठ्यपुस्तक नभए पनि भक्तपुर नगरपालिकाले फ्रेममा राखेर दिएको बिजुक्छेको तस्वीर देखाएर शिक्षकले विद्यार्थीहरुलाई उनका बारे पढाइरहेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।
अलि पछि चाहिँ पाठ्यपुस्तकमै उनको जीवनी पढ्न पाइनेछ । जीवनी लेखनकै चरणमा रहेकाले अहिले बिजुक्छेसहित भक्तपुरका विभिन्न विधाका १५ व्यक्तित्व स्थानीय पाठ्यक्रमका सिकाइका विषय बनेका छन् । सबैका तस्वीर भने भक्तपुरका ९२ वटै विद्यालयमा पुगिसकेका छन् ।
भक्तपुरका विद्यालयमा बिजुक्छेसहित राष्ट्रिय छवि बनाएका नेतादेखि स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई भक्तपुर नगरपालिकाले पाठ्यक्रममा समेटेको हो ।








