असार ३०, काठमाडौँ । सरकारले रक्षा र सुरक्षा मामिला अध्ययनका लागि छुट्टै विश्वविद्यालय स्थापनाको तयारी गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
आरम्भमा नेपाली सेनाले ‘नेसनल डिफेन्स कलेज’ (एनडीसी) स्थापना गर्न सरकारसमक्ष प्रस्ताव राखेको थियो ।
तर सरकारले सुरक्षा (ऊर्जा, वातावरण, खाद्य, स्वास्थ्य), कूटनीतिलगायत राष्ट्रिय सुरक्षासम्बन्धी ‘थिंक ट्यांक’ का रूपमा अघि बढाउने प्रक्रिया रक्षाले छलफलमा ल्याएको छ । राष्ट्रिय रणनीति, सुरक्षा तथा रक्षा विश्वविद्यालय अहिले प्रस्तावित छ ।
अमेरिका, बेलायत, छिमेकी मुलुक लगायतमा नेसनल डिफेन्सरवार कलेज रहेको र त्यहाँ नै अध्ययनका लागि जानुपर्ने बाध्यता भएपछि यस्तो परिकल्पना अघि बढाइएको हो ।








