०३ बैशाख २०८३ , बिहिबार

बोको चढाउने सर्तमा सडक निर्माण

असार ३०, हुम्ला । हुम्लाको सिमिकोट गाउँपालिका–६ को लादेबाडादेखि कालीचोकसम्मको सडक तथा ढल बोका र भाले देउता थानमा चढाउने सर्तमा निर्माण हुँदैछ ।

 

सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण भइरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने (थान) परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । बोका भाले चढाउने सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।

 

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र इन्जिनियर सरोज भण्डारीदेखि दक्ष मिस्त्रीहरुले पनि त्यस स्थानमा निर्माण अगाडि बढाउन मानेका थिएनन् । देउताको पूजा गर्ने ठाउँमा क्षति पुर्याए त्यस कामसँग सम्बन्धित मान्छेको राम्रो नहुने सुनाएपछि उनीहरु डराएका हुन् ।

देउवताको डरले काम रोकिने चिन्तामा रहेका ठेकेदार पनि बोको र भाले चढाउन तयार भएका छन् । अब साउनमा ठेकेदारले देउतालाई बोको र भाले चढाउनुपर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *