असार ३१, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ । तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न नमानिरहेको समाचार कान्तिपुर दैनिकमा छ ।
शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए । ‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।’








