०८ बैशाख २०८३ , मङ्गलबार

सिडिओले गरे पदको दुरुपयोग, आफ्नै पत्नी स्वकीयसचिव

असार ३२, काठमाडौँ । धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद पराजुलीले पदको दुरुपयोग गर्दै आफ्नै श्रीमतीलाई स्वकीयसचिवमा नियुक्त गरेको पाइएको छ ।

 

तर उनका स्वकीय सचिवका रूपमा निजामतीका शिवचरणले काम गर्दै आएका छन् ।

 

रौतहटका सीडीओ गोविन्दप्रसाद रिजालसँग पनि एक सरकारी कर्मचारी स्वकीय सचिवका रूपमा कार्यरत छन् । तर रिजालले करारतर्फ स्वकीय सचिवका रूपमा भाइ वासुदेवलाई नियुक्ति दिलाएका छन् ।

 

यता सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले स्वकीय पदमा ‘उचित मान्छे’ राखिएको बताए पनि नाम खुलाएनन् ।

 

सिरहा, सर्लाही, बारा, पर्सासहित अन्य जिल्लाका सीडीओको अवस्था पनि उस्तै रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *