असार ३२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सञ्चालन गर्ने घोषणालाई डुंगासँग तुलना गरेर मजाक उडाउने काम भइरहेका वेला सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक काम अगाडि बढाएको छ ।
सरकारले पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयका लागि प्राविधिक पक्षमाथि छलफल सुरु गरेको बताइएको छ ।
जल तथा उर्जा आयोगले भारतको पानीजहाज प्राधिकरणका पदाधिकारीलाई काठमाडौं झिकाएर पानीजहाज सञ्चालनको विषयमा छलफल गरेको आयोगले जनाएको छ । आइतबारदेखि सुरु भएको छलफलमा नेपाल र भारत दुवै पक्षले आआफ्नो प्रस्तुति राखेका छन् । कारोबार दैनिकमा समाचार छ ।








