०४ बैशाख २०८३ , शुक्रबार

अनशनरत डा. केसी छट्पटाउँदै

साउन २, काठमाडौँ । नागरिक दैनिकमा छापिएको समाचार अनुसार सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन् ।

 

आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको हो । मंगलबार बिहान ४ बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो । अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो ।

 

तर विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ । मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *