साउन २, काठमाडौँ । बेलायती सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ ।
सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई बेलायती सेनामा अवसर प्रदान गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा छ ।
लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् ।








