०२ बैशाख २०८३ , बुधबार

केसीको मागमा सम्पादकहरु आफैँ उपस्थित भएर समर्थन गर्नु पत्रकारिताको धर्मविपरीत

साउन ८, काठमाडौँ । राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला ? व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्मअनुसार सम्पादक र पत्रकारले आफूलाई प्रत्यक्षरुपमा संलग्न गराएको विषय पुनःविवादित बनेको छ ।

 

गोरखापत्र दैनिकको समाचार अनुसार पत्रकारले उपयुक्त लागेको विषयमा सम्पादकीय वा लेख, विचारका माध्यमबाट जनमत निर्माण गर्न सक्ने भए पनि कुनै आन्दोलनरत पक्षकोमा पुगेर ऐक्यबद्धता जनाउनु विज्ञहरुको विचारमा उचित होइन । अस्पतालमा आधारित आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई आइतबार त्रिवि, शिक्षण अस्पतालमा भेटेर विभिन्न सम्पादकले उनको मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न वक्तव्यसहित सार्वजनिक आह्वान गरेका थिए । राष्ट्रिय दैनिकका १४ जना सम्पादक र पूर्वसम्पादकले त्यसरी गरेको ऐक्यबद्धता व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको वरिष्ठ पत्रकार एवं विज्ञहरुको भनाइ छ ।

 

त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक पी. खरेलले संविधानतः आफ्ना हकअधिकारका विषयमा आवाज उठाउन जुनसुकै नागरिकलाई अधिकार भए पनि सम्पादक र पत्रकारले ती सबैका माग उचित वा अनुचित भनेर वकालतमा उत्रनु व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको टिप्पणी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *