साउन ८, काठमाडौँ । रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई कोरियामा अवसर दिनेबारे छलफल भएको छ ।
नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरियाली विदेश मन्त्रालयमा सोमबार भएको उक्त बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो भने उच्चस्तरीय भ्रमण आदानप्रदान, पर्यटन, व्यापार, लगानी, नागरिक उड्डयन, मानव संशाधन विकासबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
नेपाल र गणतन्त्र कोरियाबीच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे ।








