०२ बैशाख २०८३ , बुधबार

पैसाका कारण बोलबम यात्रा विभाजित

साउन ८, काठमाडौँ । ‘पैसा देख्दा महादेवको तीन नेत्र’ भनिन्छ । यही कारणले साउन महिनामा मनाइने बोलबम यात्रामा यात्रीका लागि लिइने चन्दा दान सहयोगमा एक आपसमा असमझदारी भएपछि बोलबमका गुट पनि विभक्त भएको समाचार गोरखापत्र दैनिकले छापेको छ ।

 

कुनै बेला एकै समूहमा जाने बोलबम यात्रा विभाजित भइरहेको हो ।

 

काठमाडौँमा ओम् बोलबम कावँरिया सङ्घ, बोलबम कावँरिया सङ्घ, भोलेनाथ काँवरिया सङ्घ र मारवाडी समुदायबाट आयोजना हुने शिव काँवरिया सङ्घ छन् । यी चारैले आफ्नै तवरबाट बोलबम यात्रा सञ्चालन गर्दै आएका छन् ।

 

बोलबम कावँरिया सङ्घका अध्यक्ष राम अगिया रौनियारका अनुसार २०५२ सालमा यसरी अलग कोही थिएन तर पछि आआफ्नै प्रकारले यात्रा आयोजना हुन थाल्यो । अध्यक्ष रौनियार भन्छन्, ‘पछि एउटाले कार्यक्रम गर्ने र अर्कोले पैसा जम्मा गर्ने कामसम्म हुनपुग्यो ।’

 

ओम् बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार जम्मा भएको रकम खर्च भई बाँकी खातामा नै छ भने बाँकी रकम यो पल्टको यात्रामा खर्च हुन्छ खर्च पारदर्शी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *