१५ जेठ २०८३ , शुक्रबार

केन्द्र नछाड्ने कर्मचारीको तलब स्थानीय तहमै पठाइने

साउन ९, काठमाडौँ । सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँमै तलब पठाउने भएको छ ।

 

कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउँबाटै तलब पठाउन थालिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *