साउन ९, बुटवल । अब रुपन्देहीको सैनामैना नगरपालिकामा खेतीयोग्य जमिन बाँझो राख्न नपाइने भएको छ ।
प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ । नत्र नगरपालिकाले जग्गाावालाबाट जरिवाना असुल्ने छ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैले भाडामा लगाउने समाचार कान्तिपुर दैनिकले समाचार लेखेको छ ।
खेतियोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए ।








