०२ बैशाख २०८३ , बुधबार

महानगरपालिकाले बजेट उपलब्ध नगराउँदा सबै काम ठप्प

साउन ९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि आफ्ना मातहतका निकायलाई बजेट उपलब्ध नगराउँदा सबै काम ठप्प भएको छ ।

 

बजेट सार्वजनिक हुन नसक्दा सबै विभाग, महाशाखा र योजनाका काम ठप्प भएको हो ।

 

गएको असार २७ गते महानगरको तेश्रो अधिवेशनको दोश्रो नगरसभामा कामपाले ७ वटा विषयगत क्षेत्रमा १३ अर्व २ करोड १२ लाख ३७ हजार रुपियाको बजेट सार्वजनिक गरेको थियो ।

 

नगर सभामा सार्वजनिक भएको बैठक महानगरका विभागमा पुग्न नसक्दा योजना कार्यान्वयन गर्नमा गम्भीर समस्या उत्पन्न भएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *