साउन १०, काठमाडौँ । एकल महिलामाथि तयार पारिएको गीत ‘पार्वती’ बजारमा आएको छ । कवि तीर्थ श्रेष्ठको शब्द र गायक विनोद बानियाको आवाजमा रहेको गीतको हालसालै म्युजिक भिडियो सार्वजनिक भएको हो ।

एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हरि लम्सालको संगीत रहेको गीतमा आसुँमा डुब्ने र एक्लो महसुस गर्ने होइन, हाँस्न र बाँच्नका लागि संसार ठूलो छ भन्ने भाव व्यक्त गरिएको छ ।
केही समयपछि नयाँ भिडियोसहितको गीत सार्वजनिक गरेका गायक बानिया गीत स्तरीय बनेको बताउँछन् । ‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ गायक बानियाले भने, ‘सबै एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको हो ।’
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=GcDFX2_ZZ08








