०२ बैशाख २०८३ , बुधबार

धावनमार्गको कालोपत्रे भत्किएपछि जहाज उडान र अवतरणमा दैनिक समस्या

साउन १०, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे भत्किँदा उडान र अवतरणमा समस्या आएको छ ।

 

साउन लागे यता दर्जनौंपटक धावनमार्ग भत्किँदा जहाज उडान र अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको समाचार कारोबार दैनिकले लेखेको छ ।

 

५० बर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला बर्षहरुमा टालटुल गरी जहाज उडान र अवतरण गराउँदै आइएको छ ।

 

पछिल्लो सातामात्रै दैनिक पाँच पटकसम्म धावनमार्गको कालोपत्रे उप्कँदा ४५ मिनेटदेखि डेढ घण्टासम्म आकाशमा जहाज होल्ड गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *