साउन ११, काठमाडौँ । सशस्त्र प्रहरी बलमा नयाँ संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राविधिक समस्याका कारण बिहीबारबाट मात्र लागू भएको छ ।

सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयाँ संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ ।
यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयाँ संरचनाले मजवुत बनाएको छ ।
प्रदेश प्रहरी र संघीय प्रहरीबीच कानुन कार्यान्वयनमा मतभेद भयो भने पनि सशस्त्र प्रहरी बलले पुलको काम गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।








