साउन १३, काठमाडौँ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण अनुसन्धान प्रतिवेदन पूरा नहुँदैन बुझाउन लागिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

गृहमन्त्री रामबहादुर थापाले जेठ २३ मा सुन तस्करीमा तीन तहका गिरोह भएको दावी गरेका थिए । तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सोको अनुसन्धान गर्न बनेको समितिले ‘ठूला माछा’ बिनै प्रतिवेदन बुझाउँदै छ ।
छानबिन गर्न गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले यसैसाता गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै छ ।








