साउन १६, काठमाडौँ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबारदेखि संकलन सुरु हुँदैछ ।
पटक पटकको अवरोध र लामो समयदेखिको प्रतिक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो ।
दोस्रो चरणमा आयोजना प्रभावित (दोलखावासी)ले बुधबारदेखि तोकिएको संकलन केन्द्रहरुबाट सेयर भर्न पाउने कारोबार दैनिकमा खबर छ ।








