साउन १८, दोलखा । दोलखा जिरी नगरपालिका–३ का ५५ वर्षीय नाम्गेल शेर्पाको श्रीमतीको पिटाइबाट ज्यान गएको छ ।
मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए ।








