०३ बैशाख २०८३ , बिहिबार

भदौ १ देखि धूवाँ फ्याँक्ने गाडी प्रतिबन्धित

साउन १९, काठमाडौँ । आगामी भदौ १ गतेदेखि सरकारले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।

 

नेपाल समाचारपत्र दैनिकमा छापिएको समाचारमा सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको बताइएको छ ।

 

सरकारले काठमाडौँ उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन् ।

 

प्रदूषण मापदन्ड भित्र नपर्ने सवारी साधनलाइ सन्चालनमा रोक लगाइने बारेकाे यातायात व्यवस्था विभागको सूचना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *