साउन २१, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउनेलाई १ लाख इनाम दिने घोषणा गरेको छ ।
त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको आजको कारोबार दैनिकमा खबर छ ।
नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरुले जनाएका छन् ।








