०८ बैशाख २०८३ , मङ्गलबार

सेनाकै उच्च अधिकारीको मिलेमतोमा नक्कली परीक्षार्थीको नाममा जाँच दिलाएर सिपाहीमा भर्ना

साउन २८, काठमाडौँ । नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 

गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानविनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।

 

लोकसेवा आयोगले अर्काले लेखेर पास भएका आठै जनाको परीक्षासमेत रद्ध गरिसकेको छ ।

 

सो प्रकरणमा सैनिक मुख्यालयकै उच्च सैनिक अधिकारीको संरक्षण र निर्देशनमा दुई सेनाले सेटिङ अर्काको नाममा परीक्षा दिने वातावरण मिलाएको स्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *