०६ बैशाख २०८३ , आइतबार

गायक विशाल काल्तानको ढल्कियो जोबन सार्वजनिक (भिडियो सहित)

माघ ११, काठमाडौं । तामाङहरुको राष्ट्रिय एवं माहन पर्व ल्होछारको अवसरमा विभिन्न देश तथा बिदेशको कार्यक्रमहरुमा ब्यस्त रहेको चर्चित गाएक तथा संगीतकार विशाल काल्तानले बिलकुलै नयाँ भिडियो ढल्कियो जोबन सार्वजनिक गरेका छन।

गायक तथा संगीतकार काल्तानले आफ्नै स्वर,शब्द र संगीतमा सजिएको एल्बम सिंगल ट्रयाक अन्तर्गत ढल्कियो जोबन बोलको गीत सङ्गस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । पासाङ तामाङको निर्देशनमा बनेको गितलाई चाँद सिंहले संगित संयोजन गरेका हुन। ज्ञानेन्द्र शर्माले खिचेको यस भिडियोलाई सम्पादन भने प्रविन श्रेष्ठले गरेका छन ।

 

तामाङ कलाकार संघ नेपालको केन्द्रिय सचिव समेत रहेका विशाल लोकप्रिय गायक मात्र नभई बहुप्रतिभासालि गायक पनि हुन । रचनाकार , संगितकार, गायक र मोडलिङ समेत आफै गर्न सक्ने विशालले अहिले सम्म दुई दर्जन भन्दा बढि तामाङ चलचित्रहरुको गितमा स्वर तथा संगित भरेका छन । आफ्नो तीन वटा एल्बम तेमाल कोर्बारि , मेलवान र फोकस अन सेलो जस्ता चरचित एल्बम पछि अहिले नयाँ एल्बम सिङगल ट्रयाकको काममा ब्यस्त रहेको बताउछन् गायक काल्तान ।

https://youtu.be/z9G0Nf2goCw

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *