०८ बैशाख २०८३ , मङ्गलबार

गायक लोकेनको उकाली चढ्दा लेक लाग्यो म्युजिक भिडियो सार्वजनिक

माघ १६, काठमाडौं । चर्चित गायक लोकेन लामाको (लोरिशा) एल्बममा रहेको गीत उकाली चढ्दा सार्वजानिक भएको छ । छुक छुके रेल गाडि चढेर भन्ने पहिलो गीतबाट संगीतिक यात्रा सुरु गरेका लोकेन लामालाई पहिलो गीतले नै चर्चामा ल्याउन सफल बनाए ।  पहिलो गित संगै एकाएक चर्चा कमाएका गायक तथा संगीतकार लोकेनको यो पछिल्लो गितले पनि लोकप्रियता कमाईरहेको छ ।  हालसालै सार्बजनिक यस गितमा गायक लोकेनको आफनै शब्द, संगित र स्वर रहेको छ भने पासाङ योञ्जनको निर्देशनमा बनेको हो ।

 

भिडियोमा गायक लोकेन र रोहिनी लामाको दमदार अभिनय रहेको छ । ज्ञानेद्र शर्माको छायांकन रहेको गितलाई प्रदिप श्रेष्ठले सम्पादन गरेका हुन । गितको म्युजिक भिडियो भने म्युजिक नेपालको अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । लामाको केही समय अघि मात्र ल्होछार विशेष (स्यार ल्हो) बोलको गित सार्बजनिक भयको थियो । जुन गित अहिले तामाङ समुदायको ल्होछार कार्यक्रमहरुमा घन्किरहेको पाईन्छ । लामाले अहिले सम्म दुईवटा एल्बम बजारमा ल्याईसकेका छन ।पहिलो फस्ट स्टेप र दोस्रो लोरिशानै हुन। फस्ट स्टप मा ६ वटा गितहरु समाबेस छन भने लोरिशामा ५ वटा गितहरु समाबेस गरिको बताउछन गायक लोकेन लामा ।  अन्य कलेक्सन गितहरु समेत गाईसकेका लोकेनले अहिले सम्म डेढ दर्जन गितमा आवाज भरिसकेका छन ।

जसमध्ये छुक छुके रेल गाडी चडेर, गाजलु अँखा, क्या मिठो घ्याम्पाको निगार, तिम्रो नजर , पुर्बमा जादा र सैलुङगे लेकैमा भन्ने गितहरु चर्चित गीतहरु हुन ।

https://youtu.be/ufnJ3U8It4I

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *