०३ बैशाख २०८३ , बिहिबार

क्युबामा बोइङ जहाज दुर्घटना ः सय बढीको मृत्यु, तीन जनाको जीवितै उद्धार

जेठ ५, काठमाडौँ । क्युबाको राजधानी हवानास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा बोइङ ७३७ विमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु भएको क्युबाली सरकारी मिडियालाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ ।

क्युबाको कम्युनिस्ट पार्टीको पत्रिका ग्रान्माका अनुसार तीन जनाको जीवित उद्धार गरिएको छ । तर उनीहरुको अवस्था चिन्ताजनक छ ।

 

आन्तरिक उडानमा रहेको बोइङ ७३७–२०१ जहाज शुक्रबार स्थानीय समय अनुसार १२ बजेर आठ मिनेटमा उडेको थियो । जहाजमा १ सय १० जना यात्रु र चालक दलका सदस्य थिए ।

 

चालक दलका ६ जना सदस्य मेक्सिकोका र बाँकी यात्रुहरु क्युबाली रहे पनि पाँच जना विदेशी रहेको सरकारी वेबसाइट क्युबाडिबेटले जनाएको छ । विदेशी नागरिकहरुको राष्ट्रियता खुलाइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *