जेठ ७, काठमाडौँ । पाँच नम्बर प्रदेश सरकारले माओवादी ‘जनयुद्ध’ मा लडाकुलाई उपचरका लागि तयार पारिएका स्वास्थ्यकर्मीलाई मान्यता दिन लागेको छ ।
स्वास्थ्यकर्मी तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन स्वास्थ्यकर्मीलाई पनि वैधता दिने प्रक्रिया अघि बढाएको हो ।
यो प्रक्रियाले पूर्णता पाए द्वन्द्वका घाइते माओवादी लडाकुको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सरकारी मान्यता पाउनेछन् । द्वन्द्वकालमा माओवादीले ३, ६ र ९ महिने तालिम दिएर स्वास्थ्यकर्मी उत्पादन गरेको खबर नागरिक दैनिकमा छ ।








