०३ बैशाख २०८३ , बिहिबार

सरकारको नीति तथा कार्यक्रम ः कृषिजन्य उत्पादनलाई प्रोत्साहन

जेठ ७, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बढीजसो पुराना कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रमसहित नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सोमबार सार्वजनिक गरेका हुन् ।

सरकारले रेल, जलमार्ग, विज्ञानप्रविधिको विकास, आर्थिक वृद्धि, कृषि उत्पादन, पर्यटनलगायतलाई प्राथमिकतामा राखेको छ भने पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी प्रतिव्यक्ति आय दोब्बर बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ । संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख’ नीतिलाई आधार मानेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्यमा सरकार प्रतिबद्ध रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘सरकारले लोकप्रियताका लागि काम गर्दैन, जनताका लागि लोकप्रिय काम गरेर लोकप्रिय हुन्छ’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

 

‘मेची–महाकाली रेलमार्ग, काठमाडौं–वीरगन्ज रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमागको निर्माण कार्य अघि बढाइनेछ,’ कार्यक्रममा भनिएको छ, ‘कोसी, गण्डकी र कर्णाली नदीमा जलयातायात सञ्चालन गर्ने कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिनेछ ।’ सरकारले पाँच वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने, पूर्व पश्चिम राजमार्गलाई ‘एक्सप्रेस हाइवे’ बनाउने, काठमाडौं–निजगढ दु्रतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी सडक निर्माण सम्पन्न गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र पार्ने कार्यक्रम तय गरेको छ ।

 

सरकारले १० वर्षभित्र नेपाललाई मध्यम स्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ ।

 

सरकारले कृषि उत्पादनलाई प्राथमिकतामा राखी आयात निरुत्साहित गर्नेगरी कार्यक्रम अगाडि सारेको छ । प्रमुख कृषिउपज, पशुपन्छी तथा मत्स्यजन्य उत्पादनमा आत्मनिर्भर हुने र उच्च मूल्यका कृषिउपज निर्यात वृद्धि गर्ने नीति सरकारले अवलम्बन गर्ने भएको छ । आजाको नागरिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *