०३ बैशाख २०८३ , बिहिबार

इशानको ‘यो दिलमा’ सार्वजनिक

जेठ २४, काठमाडौँ । नव गायक इशान राईले आफ्नो ‘लिरिकल’ भिडियोसहित ‘यो दिलमा’ गीत युट्युबमा सार्वजनिक गरेका छन् ।

 

नेपाल आइडल सिजन– २ को काठमाडौँ अडिसनबाट चर्चामा आएका इशानले विशाल चौतारी टिभीको युट्युब च्यानल मार्फत मंगलबार उक्त गीत सार्वजनिक गरेका हुन् ।

 

‘यो गीत मेरो ड्रिम प्रोजेक्ट हो’, लगभग एक दर्जन जति गीत रेकर्ड गरिसकेका गायक इशानले भने– ‘गीतको सबै पक्ष राम्रो बनेको छ, अब गायन चाहीँ मेरो हो कस्तो छ सुनेर दर्शकको प्रतिकृयाको आशामा बसेको छु ।’

 

गीतमा वर्षा राईको शब्द, महाराज थापाको सङ्गीत/एरेन्ज र साजन शाहको मिक्सिङ रहेको छ ।

 

उनले गीतको म्युजिक भिडियो बनाउने सोच रहेको पनि बताएका छन् ।

https://www.youtube.com/watch?v=7iJ2_ppTJ1Y

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *