०५ बैशाख २०८३ , शनिबार

इटहरीमा सफल उद्यमीको अनुभव र कथा सुनाइदै

जेठ २७, इटहरी । एभरेष्ट पोलेसी इन्स्टिच्युट र ग्लोबल अन्टरपेनरको आयोजनामा हरेक महिनाको अन्तिम विहिबार ‘यात्रा उद्यमीको’ नामक कार्यक्रम इटहरीमा हुने भएको छ ।

उद्यम तथा उद्यमशिलता के हो र कस्ता चुनौती आउछन्, कसरी ती चुनौतीको सामना गर्ने साथै उद्यमका अवसर जस्ता विषयमा कार्यक्रम केन्द्रित हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रम हरेक महिनाको अन्तिम विहीबार इटहरीस्थित पी.एन.आर. हलमा हुने छ ।

 

यस पटकको कार्यक्रममा भने बसन्तटारका बासिन्दा एवम् युवा कृषक कृष्ण राईले आफ्नो अनुभव सुनाउने बताइएको छ । उनी अहिले वार्षिक लाखौँको तरकारी उत्पादन गर्ने गरेका छन् ।

 

एभरेष्ट पोलेसी इन्स्टिच्युटका कार्यक्रम निर्देशक सम्राट थापाका अनुसार यात्रा उधमी कार्यक्रमले सानो दुःख कष्टबाट विचलित भएर नेपालमा अवसर नदेख्ने युवा र नेपालमै केही गर्छु भन्ने युवा पुस्ताका लागि कार्यक्रम लक्षित गरिएको छ । उनले भने, ‘यस कार्यक्रमले युवाहरूमा नयाँ जोस ल्याउने आशा राखेका छौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *